कांग्रेस बैठक : महाधिवेशनबारे फरक मत

हिमाल प्रेस १३ कार्तिक २०८२ १९:०९
20
SHARES
कांग्रेस बैठक : महाधिवेशनबारे फरक मत

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको महाधिवेशनका बारेमा सदस्यहरूले फरक–फरक मत राखेका छन्।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा केही सदस्यहरूले निर्वाचनअघि नै विशेष महाधिवेशनमा जानुपर्ने र केही सदस्यहरूले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने धारणा राखेका हुन्।

केही सदस्यहरूले भने निर्वाचन अघि विशेष नभई नियमित महाधिवेशन गर्न सकिने धारणा राखेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने पार्टीमा बलियो मत रहेको उनले बताए। सरकारबाट सुरक्षाको सुनिश्चितता भयो भने निर्वाचनमा जानुपर्ने र पार्टीले त्यसको तयारी गर्नुपर्ने सुझाव आएको प्रवक्ता महतले बताए।

सबै विषयमा आएका सुझावहरुका आधारमा निष्कर्ष निकालेर छिटै बैठक सम्पन्न गरिने उनले जानकारी दिए।

बिहीबार बैठकमा मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार के.सी लगायत बागमती र लुम्बिनीका प्रदेश सभापतिले धारणा राखेका थिए। बैठक शुक्रबार पनि जारी रहने प्रवक्ता महतले बताए।

प्रकाशित: १३ कार्तिक २०८२ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast