कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

हिमाल प्रेस ३१ असोज २०८२ ७:४० | Friday, October 17, 2025
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ।

बैठक यही असोज २८ गतेदेखि सुरु भएको हो। पहिलो दिनको बैठकबाटै सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर बिदा लिएका थिए।

दोस्रो बैठक ३० गते बिहीबार बसेको थियो। दोस्रो बैठकमा सात जना नेताले आआफ्नो धारणा राखेका छन्। दोस्रो बैठकमा बोल्ने अधिकांशले नियमित महाधिवेशनमा जोड दिएका थिए।

प्रकाशित: ३१ असोज २०८२ ७:४० | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast