आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन केन्द्रित बहस जारी

हिमाल प्रेस १४ कार्तिक २०८२ ७:१८ | Friday, October 31, 2025
12
SHARES
आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन केन्द्रित बहस जारी फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि दिउँसो १ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्दैछ। जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले आगामी राष्ट्रिय निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेका छन्।

पार्टीका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय सदस्यहरूले निर्वाचनलाई तत्कालीन प्राथमिकता दिँदै सरकारसँग सुरक्षा सुनिश्चित गर्न र तयारीमा जुट्न दबाब दिनुपर्ने सुझाव दिएका छन्।

‘संसद् विघटन र संवैधानिक व्यवस्थाबारे पनि छलफल भएको छ। धेरैजसो सदस्य नियमित महाधिवेशनमै जोड दिनुपर्ने पक्षमा हुनुहुन्छ। महाधिवेशन निर्वाचनअघि कि पछि भन्ने विषयमा बहस अझै जारी छ,’ प्रवक्ता महतले भने।

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित सदस्य पुष्पराज पराजुली तथा प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी) ले आआफ्नो धारणा राखेका थिए।

प्रकाशित: १४ कार्तिक २०८२ ७:१८ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast