कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक आज बस्दै

हिमाल प्रेस २६ असोज २०८२ ९:४९ | Sunday, October 12, 2025
कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक आज बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज पनि बस्दैछ। पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीसहित शीर्ष नेता सम्मिलित कार्य सम्पादन समितिको बैठक दिउँसो १ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। आज केन्द्रीय समिति बैठक सुरु हुने भनिए पनि कार्यसम्पादन समितिका सदस्यहरुले बोल्न बाँकी रहेकाले केन्द्रीय समिति २ दिनलाई पछि धकेलिएको छ।

कांग्रेसमा पार्टीको नियमित महाधिवेशन वा विशेष महाधिवेशन जस्ता विषयले नेताहरु विभाजित बनेका छन्। सभापति शेरबहादुर देउवा पक्षका नेताहरु महाधिवेशनको चर्चा नै आवश्यक नभएको भन्दै यी विषय पन्छाउने प्रयासमा छन् भने इतर पक्ष नियमित वा विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने अडानमा छन्। जसका कारण चार दिनदेखि जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सहमति जुट्न सकेको छैन।

कार्य सम्पादन समितिको बैठकमा सहमति जुटेका एजेण्डामा पर्सि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुनेछ।

प्रकाशित: २६ असोज २०८२ ९:४९ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast