वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

हिमाल प्रेस १४ कार्तिक २०८२ ११:०२ | Friday, October 31, 2025
12
SHARES
वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ।

दुवाहा-दमलपट्टी-चित्रपुर जोड्ने पुल रु २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ। हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ। ‘नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ’, इन्जिनियर चन्दले भने।

आगामी मंसिरभित्र काम पूरा गर्ने लक्ष्य उनले बताए।

प्रकाशित: १४ कार्तिक २०८२ ११:०२ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast