उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

हिमाल प्रेस ११ कार्तिक २०८२ ६:४७ | Tuesday, October 28, 2025
उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

काठमाडौँ- उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदैछ।

चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुले मंगलबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्न लागेका हुन्। यसअघि व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए।

छठको मिथिलाञ्चलको महान् पर्व हो। यसको विधि कार्तिक शुक्ल चतुर्थीका दिन सुरु भई सप्तमीमा समापन हुन्छ। चौथीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ। यसलाई ‘नहाय खाए’ भनिन्छ। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप खाने परम्परा छ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिने विधि विधान छ। षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।

विधिपूर्वक सूर्यको पूजाआराधना गरी अर्घ्य दिएमा चर्म (छाला) रोग लाग्दैन भन्ने विश्वास छ। विशेषगरी मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई त्यहाँ मात्र नभई काठमाडौँ उपत्यकामा समेत मनाइन्छ।

प्रकाशित: ११ कार्तिक २०८२ ६:४७ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast