तलब नपाएपछि चन्द्रपुरका शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी आक्रोशित

हिमाल प्रेस २८ असोज २०८२ १०:०८ | Tuesday, October 14, 2025
6
SHARES
तलब नपाएपछि चन्द्रपुरका शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारी आक्रोशित

काठमाडौँ- रौतहटको चन्द्रपुर नगरपालिकामा साेमबार शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारीहरूले तलब नपाएको भन्दै आक्रोश पोखेका छन्।

नगरपालिकाअन्तर्गत ४७ मध्ये ३५ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले नगर प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार साह, शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डल र शिक्षा शाखा अधिकृत जुना तिमल्सिनालाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधानको माग गरेका छन्।

ज्ञापनपत्रमा ६ महिनादेखि रोकिएको शिक्षक, बालविकास सहजकर्ता, कर्मचारीहरूको बाँकी तलब र कार्यालय सहयोगीहरूको छुट तलब तुरुन्त भुक्तानी गर्न माग गरिएको छ। साथै, ९ महिनादेखि रोकिएको स्वयंसेवक शिक्षकहरूको तलब तत्काल भुक्तानी गर्दै उनीहरूको स्थायित्वसम्बन्धी अन्यौलता हटाउन माग गरिएको छ।

शिक्षकहरूले चेतावनी दिएका छन्, ‘अब पनि माग सुनेन भने कडा आन्दोलनको बाटो लिन बाध्य हुनेछौं।’ उनीहरूले स्थानीय तहले शिक्षाकर्मीप्रति देखाएको बेवास्ता र ढिलासुस्तीप्रति गम्भीर हुन नगरपालिकालाई आग्रह गरेका छन्।

प्रकाशित: २८ असोज २०८२ १०:०८ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast