यूएईविरुद्ध कप्तान रोहितको शतक

हिमाल प्रेस १३ कार्तिक २०८२ १४:४४ | Thursday, October 30, 2025
6
SHARES
यूएईविरुद्ध कप्तान रोहितको शतक

काठमाडौँ- नेपालका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा शतक प्रहार गरेका छन्।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि रोहितले १२६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो दोस्रो शतक हो। रोहितलाई सोमपाल कामीले ६ रन बनाएर साथ दिइरहेका छन्।

यसअघि उनले पपुवान्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए। सन् २०२२ मा कीर्तिपुर मैदानमा भएको खेलमा रोहितले १२६ रन हानेका थिए। दुबईको आईसीसी एकेडेमी मैदानमा नेपालका तर्फबाट भएको दोस्रो शतक प्रहार हो। यसअघि सन् २०१९ मा नेपालका तर्फबाट यूएईविरुद्ध पारस खड्काले ११५ रन हानेका थिए।

प्रकाशित: १३ कार्तिक २०८२ १४:४४ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast