तिहारका लागि माटोका भाँडा बनाउन भ्याइनभ्याइ [तस्बिरहरू]

हिमाल प्रेस २८ असोज २०८२ ११:३१ | Tuesday, October 14, 2025
तिहारका लागि माटोका भाँडा बनाउन भ्याइनभ्याइ [तस्बिरहरू] भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर)मा सोमबार माटोबाट तयार पारिएका भाँडा घाममा सुकाइँदै। तिहार नजिकिएसँगै माटोको दियो, चौमुखे दियो, घैला (कलशा)लगायतका सामग्री बनाउने, सुकाउने र रङ भर्ने काममा कुमाले समुदाय व्यस्त रहेका छन्।

तिहार नजिकिँएसँगै बजारमा चहलपहल बढेको छ। तिहारका लागि आवश्यक वस्तुको निर्माणदेखि किनबेचसम्म भएका छन्। तिहारमा माटोका भाडाको विशेष महत्त्व छ।

दीप, रङ, फूल र खुसीयालीले भरिएको यो पर्वले केवल सौन्दर्य र रमाइलोपन मात्र होइन, सांस्कृतिक, धार्मिक र प्रतीकात्मक अर्थ पनि बोकेको हुन्छ। त्यसै सन्दर्भमा माटोका भाँडा जस्तैः दीयो, भड्का, धूपदानी, कलश आदि तिहारमा विशेष महत्व राख्छन्। यसैबीच भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर) मा माटोका भाँडा तयार गरिएको छ।

अहिले तिहार नजिकिएसँगै माटोको दियो, चौमुखे दियो, घैला (कलशा) लगायतका सामग्री बनाउने, सुकाउने र रङ भर्ने काममा कुमाले समुदाय व्यस्त रहेका छन्। देशका विभिन्न ठाउँमा पनि माटोका भाडा निर्माण गरिएको छ।

तिहार नजिकिँदै गर्दा महोत्तरीको गौशालामा माटोका दियोलगायत भाँडाकुँडा किनमेल गर्दै स्थानीय।
तिहार पर्व नजिकिँएसँगै जनकपुरधामस्थित बजारमा माटोको भाँडा खरिदबिक्री हुँदै।
भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर) सोमबार अवलोकन गर्दै विदेशी पर्यटक।

भक्तपुर नगरपालिका–४ स्थित बोलाछेँ तालाक्व (पोट्टरी स्क्वायर)मा सोमबार माटोबाट विभिन्न प्रकारका भाँडाको आकार दिइँदै।

प्रकाशित: २८ असोज २०८२ ११:३१ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast