बलिउड कलाकार असरानीको निधन

हिमाल प्रेस ४ कार्तिक २०८२ १०:५४ | Tuesday, October 21, 2025
बलिउड कलाकार असरानीको निधन

काठमाडौँ- बलिउड अभिनेता असरानी (गोवर्धन असरानी) को ८४ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार (कात्तिक ३) दिउँसो साढे ३ बजे उनको निधन भएको हाे।

स्वास्थ्य समस्याका कारण उनी चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना भएका थिए। मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा उनको दाहसंस्कार गरिएको छ।

उनको जन्म सन् १९४१ मा जयपुरमा भएको थियो। फिल्म ‘ननस्टप धमाल’, ‘ड्रीम गर्ल २’र्, शोले’, ‘बावर्ची’, ‘अभिमान’, ‘चंदर’, ‘चुपके चुपके’, ‘छोटी सी बात’, ‘बडीगार्ड’, ‘क्युंकी’, ‘दे दना दान’, ‘खट्टा मिठा’, ‘भूल भुलैया’लगायत दजनौं फिल्ममा उनलकाे अभिनय छ।

प्रकाशित: ४ कार्तिक २०८२ १०:५४ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast