रहेनन् बलिउड कलाकार सतीश शाह

हिमाल प्रेस ९ कार्तिक २०८२ १२:०९ | Sunday, October 26, 2025
2
SHARE
रहेनन् बलिउड कलाकार सतीश शाह

काठमाडौँ- बलिउड कलाकार सतीश शाहको निधन भएको छ। शनिबार हिन्दुजा अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। उनी ७४ वर्षको थिए।

उनको दाहसंस्कार आइतबार गरिनेछ। उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए। केही समयअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो।

फिल्ममा अभिनयसँगै उनी टिभीमा कार्यक्रम पनि चलाउँथे। उनले टिभी कार्यक्रम ‘साराभाई भर्सेस साराभाई’बाट निकै चर्चा पाए। ‘मैं हूँ ना’, ‘कल हो ना हो’, ‘फना’, ‘ओम शान्ति ओम’लगायत थुप्रै फिल्ममा  उनकाे अभिनय छ।

प्रकाशित: ९ कार्तिक २०८२ १२:०९ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast