कृषि उत्पादन बढाउन उद्योग खोल्ने तयारीमा विप्लव

हिमाल प्रेस २ कार्तिक २०८२ १४:०८ | Sunday, October 19, 2025
कृषि उत्पादन बढाउन उद्योग खोल्ने तयारीमा विप्लव फाइल तस्बिर।

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तरगत एउटा उद्योग सञ्चालन गर्ने निर्णय गरेको छ। आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सो पार्टीले उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो।

विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष वर्षेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो ।

पार्टीले ‘नयाँ आर्थिक मार्ग’अन्तरगत आत्मनिर्भर अर्थ प्रणालीको प्रयोगबाट आर्थिक जीवनमा उत्साहजनक परिणाम हासिल गर्दै अघि बढेको भन्दै महासचिव विप्लवले जानकारी दिए ।

प्रकाशित: २ कार्तिक २०८२ १४:०८ | Sunday, October 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast