कात्तिक २० मा विप्लव नेकपाले काठमाडौँमा बृहत् आमसभा गर्ने

हिमाल प्रेस १० कार्तिक २०८२ १३:३० | Monday, October 27, 2025
कात्तिक २० मा विप्लव नेकपाले काठमाडौँमा बृहत् आमसभा गर्ने

काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पार्टीले आगामी कात्तिक २० मा काठमाडौँमा हुने बृहत् आमसभा गर्ने भएको छ। विप्लवले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै आमसभामा आउन आह्वान गरेका हुन्।

नेपाललाई अरूले नभई आफैँले फेर्ने हो भन्दै उनले जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त हुन्छन् तब देशले आत्मसम्मान सहित उन्नति हासिल गर्ने स्पष्ट पारेका छन्।

‘नेपाललाई अरूले होइन हामी आफैँले फेर्ने हो । अरूले होइन नेपालीले नै चलाउने हो । जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् । देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौँमा भेटौँ साथीहरू’, उनले लेखेका छन्।

नेकपाको पछिल्लो केन्द्रीय समितिको विशेष बैठकले विभिन्न चरणमा सङ्घर्ष गर्ने निर्णय गरेको थियो ।

प्रकाशित: १० कार्तिक २०८२ १३:३० | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast