सेनाको सहजीकरणमा विपिन जोशीको शव गृहजिल्ला लगिँदै

हिमाल प्रेस ३ कार्तिक २०८२ १६:३२ | Monday, October 20, 2025
सेनाको सहजीकरणमा विपिन जोशीको शव गृहजिल्ला लगिँदै

काठमाडौँ- इजरायलमा हमासबाट मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीरलाई नेपाली सेनाको सहजीकरणमा उनको गृहजिल्ला कञ्चनपुर लगिँदैछ। त्यसअघि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की लगायतले राजकीय सम्मानका साथ उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

सोमबार बिहान इजरायलबाट काठमाडौँ ल्याइएको जोशीको शवमा प्रधानमन्त्री, मन्त्रीहरू र उच्च सरकारी अधिकारीहरूले पुष्पगुच्छा अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली दिए। विमानस्थलमा गरिएको श्रद्धाञ्जली कार्यक्रमलगत्तै जोशीको शवलाई अन्तिम संस्कारका लागि उनको घर कञ्चनपुरको भीमदत्तनगरपालिका पठाउन सेनाको सवारी प्रयोग गरिएको हो।

गत वर्ष २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा परी जोशी बन्धक बनाइएका थिए। लामो समयको अनिश्चिततापछि इजरायली पक्षले उनको मृत्यु भएको पुष्टि गरेको थियो। डीएनए परीक्षणबाट शव पहिचान भएपछि उनको पार्थिव शरीर नेपाल ल्याइएको हो।

प्रकाशित: ३ कार्तिक २०८२ १६:३२ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast