चर्चामा ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’, बटुल्याे करोड भ्युज

हिमाल प्रेस ९ कार्तिक २०८२ १७:४१ | Sunday, October 26, 2025
चर्चामा ‘वरिष्ठ बलराम’ को गीत ‘न्याउली वनैमा’, बटुल्याे करोड भ्युज

काठमाडौँ- फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश गीत ‘न्याउली वनैमा’लाई दर्शकले रुचाएका छन्। गत असोज ८ मा सार्वजनिक भएको गीतले एक महिनामा १ करोड भ्युज बटुलेको छ।

गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेको छ। तिहारमा खेलिने देउसी भैलोमा पनि यही गीत सर्वाधिक घन्किँदा युट्युबमा भ्यूज बढेको निर्माण टिमको दाबी छ।

दर्शकमाझ गीतको तेस्रो अन्तरा ‘न्याउली वनैमा, हितैको मायालाई राखे मनैमा’ बढी चर्चित छ। गीत प्रशान्त शिवाकोटी र शान्तिश्री परियारले गाएका छन्। गीत गायक शिवाकोटीकै शब्द र संगीतमा बनेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विजय बराल र समृद्धि अर्यालको नृत्य पनि उत्तिकै चर्चामा छ।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको फिल्म हलमा प्रदर्शनरत छ। फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी, सुनिल तामाङलगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्मले अस्तित्वको संघर्षमा दुई पात्रबीचको टकरावसँगै बाआमा र सन्तानबीचको मायालाई देखाइएको छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन्।

प्रकाशित: ९ कार्तिक २०८२ १७:४१ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast