बञ्चरेडाँडा ल्याण्डफिल साइट विवाद : जुटेन सहमति

हिमाल प्रेस १४ कार्तिक २०८२ १९:३९
22
SHARES
बञ्चरेडाँडा ल्याण्डफिल साइट विवाद : जुटेन सहमति फाइल तस्बिर

काठमाडौँ- बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले यसअघि भएको सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने बताएका छन्।

शुक्रबार सहरी विकास मन्त्रालयमा भएको छलफलका क्रममा उनीहरुले आफूहरुसँग पटकपटक सहमति गरे पनि कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिने जनाएका हुन्।

उनीहरुले सहमति कार्यान्वयनका लागि काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख, शहरी विकासमन्त्रीका साथै अर्थ मन्त्रालयको प्रतिनिधिसँग वार्ता गर्ने जनाएका छन्। स्थानीयको अडानका कारण छलफल विनानिष्कर्ष सकिएको छ।

छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले छलफलबाट समस्याको समाधान गर्ने भन्दै फोहरका गाडीलाई अवरोध नगर्न आग्रह गरेका थिए।

२०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै यो क्षेत्रका स्थानीयले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरु रोकेका छन्।

सहमतिमा उल्लेख भएको फोहर विसर्जन रातको समयमा मात्र गरिने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, फोहर बोकेका गाडीले लिच्चड नचुहाउने उल्लेख थियो।

प्रकाशित: १४ कार्तिक २०८२ १९:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast