एसियन कप छनोट : नेपालको लगातार हार, दुई खेल बाँकी रहदै बाहिरियो

हिमाल प्रेस २९ असोज २०८२ ७:०२ | Wednesday, October 15, 2025
एसियन कप छनोट : नेपालको लगातार हार, दुई खेल बाँकी रहदै बाहिरियो

काठमाडौँ- एएफसी एसियन कप छनोटअन्तर्गत समूह चरणमा लगातार चौथो हार व्यहोर्दै नेपाली राष्ट्रिय फुटबल टोली दुई खेल अगावै समूह चरणबाट नै बाहिरिएको छ। नेपालले अब समूह चरणमा २ खेल खेल्न बाँकी छ। बाँकी २ खेलमा नेपालले जित निकाले पनि एसियन कप छनोटका लागि पर्याप्त हुनेछैन।

समूह चरणमा लगातार चौथो हार व्यहोरेको नेपालले अंक तालिकामो खाता खोल्न सकेको छैन। तालिकामा अंकविहीन नेपाल समूह एफको पुछारमा छ। समूह चरणमा ८ गोल खाएको नेपालले २ गोल मात्र फर्काएको छ।

समूह चरणको पहिलो खेलमा नेपाल लाओससँग २-१ पराजित भएको थियो। दोस्रो खेलमा मलेसियासँग २-० को हार व्यहोरेको थियो। मंगलबार भएको समूह चरणको चौथो खेलमा नेपाल भियतनामसँग १-० ले पराजित भएको हो।

पहिलो खेलमा भियतनामसँग ३-१ ले पराजित भएको नेपालले लगातार दोस्रो हार व्यहोरेको हो। खेलको पाचौँ मिनेटमा नेपालका सुमन श्रेष्ठले गरेको आत्मघाति गोल नै भियतनामको जितका लागि पर्याप्त बन्यो। त्यसपछि खेलमा भियतनामले नेपालविरुद्ध थुप्रै आक्रमण गरे पनि सफल हुन सकेन।

प्रकाशित: २९ असोज २०८२ ७:०२ | Wednesday, October 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast