‘मन बिनाको धन’ को ट्रेलरमा अशोक दर्जीको बाल्यकालीन संघर्ष र सफलताको कथा

हिमाल प्रेस १२ कार्तिक २०८२ १५:४१ | Wednesday, October 29, 2025
‘मन बिनाको धन’ को ट्रेलरमा अशोक दर्जीको बाल्यकालीन संघर्ष र सफलताको कथा

काठमाडौँ- बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ।

सार्वजनिक ट्रेलर उन्नी बालक हुँदा सडकमा बसेर गीत गाउँदै बटुवासँग पैसा मागेको दृश्यसँगै ट्रेलर सुरु भएको छ। उनको  चर्चापछि एक अभिभावकले दर्जीलाई आश्रय लिन्छन् र पढाइसँगै उनको सांगीतिक यात्राको सफलताको कथा फिल्ममा समेटिएको छ।

समग्र ट्रेलरमा भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपनाको कथा प्रस्तुत गरिएको छ। फिल्म चर्चित संगीतकार टंक बुढाथोकीले निर्देशन गरेका हुन्।

यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्मको कथा पनि उनले नै लेखेका छन्। अशोक र टंकसहित फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटालगायत कलाकारको अभिनय छ। फिलम यही कात्तिक २१ देखि प्रदर्शन हुनेछ।

प्रकाशित: १२ कार्तिक २०८२ १५:४१ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast