अशोक दर्जी भन्छन्- बालआश्रम खोल्ने चाहना छ, त्यो समयमा मलाई सबै दर्शकको साथ चाहिन्छ

हिमाल प्रेस १२ कार्तिक २०८२ १३:१५ | Wednesday, October 29, 2025
2
SHARE
अशोक दर्जी भन्छन्- बालआश्रम खोल्ने चाहना छ, त्यो समयमा मलाई सबै दर्शकको साथ चाहिन्छ

काठमाडौँ- बाल गायक अशोक दर्जीले आफूलाई बालआश्रम खोल्ने चाहना भएको बताएका छन्। उनले एक अन्तर्वातामा आफूजस्तै सडकका बालबालिकालाई सक्षम बनाउन आश्रम खोल्ने इच्छा रहेको बताएका हुन्।

‘पहिले मेरो जुन हालत थियो अरुलाई त्यस्तो नहोस् भन्ने चाहना छ। त्यसैले एउटा आश्रम खोल्न चाहना छ,’ उनले भनेका छन्।

कस्तो आश्रम भन्ने प्रश्नमा उनी भन्छन्, ‘अझै पनि धेरै म जस्तै रोडमा गीत गाउँदै हिड्ने बालबालिकाहरू छन्। उनीहरूले पढ्न पाएका छैनन्। उनीहरूलाई सक्षम बनाउने मेरो चाहना छ। त्यो समयमा पक्कै पनि मलाई सबै दर्शकको साथ चाहिन्छ।’

सडकमा गीत गाउँदै गर्दा भाइरल भएका दर्जीकाे ‘मन बिनाकाे धन ठूलाे कि धन बिनाकाे मन’, ‘चाैँरीकाे चाम्राे छुर्पी’, ‘प्रणाम’लगायत केही गीत गाएका छन्।

अहिले उनी टंक बुढाथोकीको अभिभावकत्वमा काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन्। उनको पहिलो फिल्म ‘मन बिनाको धन’ यही कात्तिक २१ देखि प्रदर्शन हुँदैछ। उनी अहिले फिल्मको प्रचारमा व्यस्त छन्। उनकै जीवन कथामा आधारित फिल्म गायक तथा संगीतकार टंक बुढाथोकीकै कथा लेखन र निर्देशनमा बनेको छ।

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झालगायत कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०८२ १३:१५ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast