सशस्त्र प्रहरीले अन्नपूर्ण बेशक्याम्पबाट उद्धार गर्‍यो १६२ पर्यटक

हिमाल प्रेस १३ कार्तिक २०८२ ११:३३ | Thursday, October 30, 2025
4
SHARES
सशस्त्र प्रहरीले अन्नपूर्ण बेशक्याम्पबाट उद्धार गर्‍यो १६२ पर्यटक

काठमाडौँ- सशस्त्र प्रहरी बलले म्याग्दी जिल्लाको अन्नपूर्ण बेश क्याम्पबाट आज बिहानसम्म १६२ जनाको उद्धार गरेको छ।

सशस्त्रका अनुसार अब अन्नपूर्ण बेशक्याम्पमा कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन्। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश नारच्याङ म्याग्दीबाट कात्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेशक्याम्पतर्फ गएको थियो।

सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ विदेशी पर्यटकसहित आज बिहान सम्म १ ६२ जनाको उद्धार गरेको हो। बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटक हरुको डोरिको सहायताले बाटो पहिल्याउंदै उद्धार गरिएको सशस्त्रका डीएसपी एवं सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

३ दिनको निरन्तर प्रयास पछि बेशक्याम्प हिँडेका केही पर्यटकलाइ बाटो बाट नै फर्काइएको थियो। हिजो बुधबार मात्रै बेशक्याम्प बाट ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाइ सुरक्षित स्थानमा ल्याइएको थियो।

प्रकाशित: १३ कार्तिक २०८२ ११:३३ | Thursday, October 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast