आरिफ शेखले लिए अमेरिकाको दोस्रो विकेट

हिमाल प्रेस ९ कार्तिक २०८२ १२:२९ | Sunday, October 26, 2025
आरिफ शेखले लिए अमेरिकाको दोस्रो विकेट

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ।

आरिफ शेखले अमेरिकाका कप्तान मोनांक पटेललाई एलबीडब्लू धरापमा पारेका हुन्। ओपनर स्मित पटेल २३ रनमा खेलिरहेका छन्।

यसअघि सोमपाल कामीले अमेरिकाको पहिलो विकेट लिएका थिए। सोमपालले अमेरिकाका ओपनर ब्याट्सम्यान एन्ड्रिस गौसलाई ११ रनको व्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराए । अहिले अमेरिका १५ ओभर सकिँदा २ विकेटको क्षतिमा ५२ रन बनाएर खेलिरहेको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १२:२९ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast