काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत बिहीबार जारी आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
लामो इनिङ्स खेलेका नेपालका आरिफ सेखलाई यूएईका जुनेद सिद्दिकीको बलमा अफमा शटको प्रयास गर्दा इन्साइड एज लागेर २७ रनमा बोल्ड भएका छन् ।
रोहित र आरिफबीचको ७० रनको साझेदारी तोडिएको छ। नेपाल अहिले १३१ रनमा ४ विकेट गुमाएको छ। अहिले क्रिजमा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी छन्। आरिफसँग मिलेर रोहितले अर्धशतक प्रहार गरेका छन्।
हाल रोहित ५६ रन र दीपेन्द्रको २ रन बनाएर खेलिरहेका छन्। खेल जारी छ।
प्रकाशित: १३ कार्तिक २०८२ १३:४० | Thursday, October 30, 2025
प्रतिक्रिया





