अनमोलको फिल्म ‘जेरी अन टप’ ले कमायो छ करोड ५१ लाख

हिमाल प्रेस १० कार्तिक २०८२ १७:०१ | Monday, October 27, 2025
अनमोलको फिल्म ‘जेरी अन टप’ ले कमायो छ करोड ५१ लाख

काठमाडौँ- प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ ले अहिलेसम्म छ करोड ५१ लाख ४६ हजार पाँच सय १ रुपैयाँ कमाएको छ। चलचित्र विकास बोर्डले सोमबार (आज) सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार कात्तिक ८ गतेको मध्यरातिसम्म फिल्मले साढे छ करोड व्यापार गरेको हो।

अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्मलाई दर्शकले निकै रुचाएका छन्। अभिनेता केसीसँगै फिल्ममा भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गी लगायत कलाकारको अभिनय छ।

सरोज न्यौपाने प्रस्तुतकर्ता रहेको फिल्म सुयोग गुरूङले निर्देशन गरेका हुन्। फिल्ममा हेमराज विसीको कथा, विश्वास तिम्सिनाले पटकथा लेखेका छन्। फिल्मको कथा प्रेम कथामा आधारित छ।

 

प्रकाशित: १० कार्तिक २०८२ १७:०१ | Monday, October 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast