निर्वाचन तयारीका लागि प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक

हिमाल प्रेस ४ कार्तिक २०८२ १६:५१ | Tuesday, October 21, 2025
निर्वाचन तयारीका लागि प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वदलीय बैठक

काठमाडौँ- आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवासमा भइरहेको उक्त बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी छन्।

निर्वाचन तयारीका विषयमा भइरहेको छलफलमा राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगै, हालैसम्म प्रतिनिधिसभामा रहेका अन्य दलका प्रतिनिधिहरू पनि सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा सहभागी हुने नेताहरूमा नेपाली कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, नेकपा एमालेबाट प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्त पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल र जनमत पार्टीबाट चन्दन सिंह सहभागी छन्।

राष्ट्रिय निर्वाचन प्रक्रियाको तयारीबारे साझा समझदारी बनाउने उद्देश्यले बोलाइएको यो बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकका रूपमा उपस्थित रहेका छन्।

प्रकाशित: ४ कार्तिक २०८२ १६:५१ | Tuesday, October 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast