हमासको कब्जामा रहेका सबै जीवित बन्धक रिहा

हिमाल प्रेस २७ असोज २०८२ १५:४० | Monday, October 13, 2025
हमासको कब्जामा रहेका सबै जीवित बन्धक रिहा तस्बिर : एफपी

काठमाडौँ- हमासले सबै जीवित इजरायली बन्धकहरूलाई मुक्त गरिएको जनताएको छ। मृत बन्धकहरूको शव पछि इजरायललाई हस्तान्तरण गरिने हमासले बताएको छ।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार हमासले १३ जना इजरायली बन्धकहरूको दोस्रो समूहलाई दक्षिण गाजामा रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ।

यसअघि हमासले सोमबार बिहान सात जना इजरायली बन्धकहरूको पहिलो समूहलाई मुक्त गरेको थियो। इजरायली सेनाले ती बन्धकहरूका तस्बिरहरू पनि सार्वजनिक गरेको छ।

बिहान हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको सहयोगमा गाजाबाट इजरायल ल्याइएको हो।

प्रकाशित: २७ असोज २०८२ १५:४० | Monday, October 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast