मौसमका कारण हवाई उडान सामान्य प्रभावित

हिमाल प्रेस ११ कार्तिक २०८२ १३:४४ | Tuesday, October 28, 2025
मौसमका कारण हवाई उडान सामान्य प्रभावित फाइल तस्बिर

काठमाडौँ- प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान केही ढिला भएको छ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले केवल इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) अनुसार उडान संचालन भइरहेको छ। केही उडान ढिला भए पनि रद्द गर्नुपर्ने अवस्था भने छैन।

हाल देशमा पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र अन्य पहाडी–हिमाली भू–भागमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १३:४४ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast