एयर एसियाले सुरु गर्‍यो भैरहवा-बैंकक उडान

हिमाल प्रेस ९ कार्तिक २०८२ १४:३१ | Sunday, October 26, 2025
एयर एसियाले सुरु गर्‍यो भैरहवा-बैंकक उडान

भैरहवा (रुपन्देही)- थाई एसिया एयरले बैंकक-भैरहवा-बैंकक उडान आज (आइतबार) देखि पुनःसुरु गरेको छ। आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। उनका अनुसार एयरलाइन्सले बैंकक-भैरहवा-बैंकक मार्गमा हप्तामा दुईपटक उडान गर्नेछ। एयरलाइन्सले प्रत्येक साता आइतबार र बुधबारका लागि नियमित उडानका लागि अनुमति पाएको छ।

प्रकाशित: ९ कार्तिक २०८२ १४:३१ | Sunday, October 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast