ट्रम्पले शान्ति पुरस्कार नपाएपछि ह्वाइट हाउसले भन्यो – राजनीतिलाई प्राथमिकता दिइयो

हिमाल प्रेस २४ असोज २०८२ २०:१७ | Friday, October 10, 2025
ट्रम्पले शान्ति पुरस्कार नपाएपछि ह्वाइट हाउसले भन्यो – राजनीतिलाई प्राथमिकता दिइयो डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस

काठमाडौँ– भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेवास्ता गरेको भन्दै ह्वाइट हाउसले नोबेल समितिको आलोचना गरेको छ।

ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेउङले भने, ‘नोबेल समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको प्रमाणित गरेको छ। राष्ट्रपति ट्रम्पले निरन्तर शान्ति सम्झौता गर्नुहुनेछ, युद्ध अन्त्य गर्नुहुनेछ र मानिसको ज्यान बचाउन् हुनेछ। उहाँसँग मानवतावादीको हृदय छ र उहाँ जस्तो कोही पनि हुनेछैन, जसले आफ्नो इच्छाको बलमा ‘समस्याका पहाड’ हरू हटाउन सक्छ।’

जनवरीमा आफ्नो दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फर्केपछि ट्रम्पले कैयौँ द्वन्द्वहरू समाधान गर्न भूमिका खेलेको भन्दै नोबेल पुरस्कारको हकदार भएको दाबी गर्दै आएका थिए।

ट्रम्पले शान्ति पुरस्कारको घोषणाको पूर्वसन्ध्यामा आफूलाई पुरस्कारको हकदारको रूपमा दाबी गर्दै गाजामा युद्धविरामको पहिलो चरणको मध्यस्थता आठौँ युद्ध रहेको बताएका थिए।

उनले बिहीबार भनेका थिए, ‘उनीहरूले जे गरे पनि ठीक छ। मलाई यो थाहा छ, मैले यो पुरस्कारका लागि मात्र गरेको होइन। मैले धेरै जीवन बचाएको छु।’

ओस्लोमा नोबेल पुरस्कार विशेषज्ञहरूले ट्रम्पको ‘अमेरिका पहिलो’ नीति अल्फ्रेड नोबेलको सन् १८९५ मा स्थापना गरिएको शान्ति पुरस्कारको आदर्शको विपरीत रहेको बताएका र पुरस्कारका लागि उनलाई कुनै अवसर नभएको बताएका थिए।

प्रकाशित: २४ असोज २०८२ २०:१७ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast