जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि शिक्षामन्त्रीले भने- पुनः परीक्षा गर्न डेढ करोड बढी खर्च लाग्छ

हिमाल प्रेस ३ कार्तिक २०८२ १४:५२ | Monday, October 20, 2025
जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि शिक्षामन्त्रीले भने- पुनः परीक्षा गर्न डेढ करोड बढी खर्च लाग्छ

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले जेनजी आन्दोलनका क्रममा उत्तरपुस्तिका जलेका कारण पुनः परीक्षा सञ्चालन गर्न करिब १ करोड ७५ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन्।

सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा.पुनले आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयमा राखिएका धेरै उत्तरपुस्तिका नष्ट भएको जानकारी दिए।

उनले भने, ‘उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा लिन १ करोड ७५ लाख खर्च हुने देखिएको छ।’ मन्त्री पुनका अनुसार विभिन्न प्रदेश र जिल्लाबाट उत्तरपुस्तिका क्षतिको विवरण संकलन भइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १४:५२ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast