अफगानिस्तानको चेतावनी : पाकिस्तानी सेनाले परिणाम भोग्नुपर्छ

हिमाल प्रेस २५ असोज २०८२ १०:२४ | Saturday, October 11, 2025
अफगानिस्तानको चेतावनी : पाकिस्तानी सेनाले परिणाम भोग्नुपर्छ

काठमाडौँ- काबुलमा भएको विस्फोटका लागि पाकिस्तानी सेनालाई जिम्मेवार ठहराउँदै अफगानिस्तानले ‘परिणाम भोग्न’ चेतावनी दिएको छ।

बिहीबार राजधानी काबुलमा भएको विस्फोटका लागि अफगानिस्तानले पाकिस्तानीलाई जिम्मेवार ठहर गरेको हो।

यद्यपि पाकिस्तानले अफगानिस्तानमा आक्रमण गरेको कुरा न त पुष्टि गरेको छ, न खण्डन गरेको छ।

अफगानिस्तानका रक्षा मन्त्रालयले पाकिस्तानले फेरि एकपटक अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेको आरोप लगाएको छ।

रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ,‘फेरि एकपटक पाकिस्तानले अफगानिस्तानको हवाई सीमा उल्लंघन गरेको छ। पाकिस्तान सेना डुरान्ड रेखानजिकै पर्ने पक्तिका प्रान्तको मरघा क्षेत्रमा एक बजारलाई निशाना बनाएको र राजधानी काबुलमाथि अवस्थित हवाई क्षेत्र पनि उल्लंघन गरेको छ।’

अफगानिस्तान र पाकिस्तानको इतिहासमा यसअघि कहिल्यै नभएको भन्दै रक्षा मन्त्रालयले निन्दा गरेको छ।

‘अफगानिस्तान र पाकिस्तानको इतिहासमा यसअघि यस्तो कहिल्यै भएको थिएन। यो हिंसात्मक र निन्दनीय कार्य हो। हामी अफगानिस्तानको सार्वभौमिकतामाथिको उल्लंघनको कडा निन्दा गर्दछौँ। आफ्नो हवाई सीमा रक्षा गर्नु हाम्रो अधिकारी हो,’ अफगानिस्तानको रक्षा मन्त्रालयले भनेको छ।

स्थिति जतिसुकै गम्भीर भए पनि पाकिस्तानी सेनाले यसको परिणाम भोग्नुपर्ने अफगानिस्तानले चेतावनी दिएको छ।

भारत भ्रमणमा रहेका तालिबान सरकारका विदेशमन्त्री अमीर आँ मुत्तकीले देशको सीमा क्षेत्रमा आक्रमण भएको र पाकिस्तानले यस्तो गल्ती दोहोर्‍याउन नहुने बताएका छन्।

यस विषयमा पाकिस्तानले अहिलेसम्म स्पष्ट जवाफ दिएको छैन।

प्रकाशित: २५ असोज २०८२ १०:२४ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast