कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न प्रशासनको आग्रह

हिमाल प्रेस ११ कार्तिक २०८२ ११:५४ | Tuesday, October 28, 2025
2
SHARE
कागबेनीदेखि मुक्तिनाथसम्मको यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौँ- स्थानीय प्रशासनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न भनेको छ।

यो सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो।

जोमसोम-मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए।

कागबेनी-मुक्तिनाथ सडकको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान अनुरोध गरेको उनको भनाइ छ।

प्रकाशित: ११ कार्तिक २०८२ ११:५४ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast