उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

हिमाल प्रेस ३ कार्तिक २०८२ १५:३४ | Monday, October 20, 2025
उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

उदयपुर- उदयपुरको कटारी नगरपालिका-४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन् भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन्।

आइतबार राति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खेला नजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईं जानकारी दिए।

मोटरसाइकलमा सवार चालक खड्का र मोटरसाइकल पछाडि बसेका कटवाल दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको कटारी अस्पतालमा नै मृत्यु भएको इप्रका कटारीले प्रहरीले बताएको छ।

अर्का कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको र हाल उपचार भइरहे पनि अवस्था गम्भीर रहेको इलाका प्रहरी कटारीले बताएको छ। खड्काको शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीको भनाइ छ। रासस

प्रकाशित: ३ कार्तिक २०८२ १५:३४ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast