विद्यालय कर्मचारी परिषद्ले गर्‍यो यस्तो निर्णय

हिमाल प्रेस १३ कार्तिक २०८२ ११:०६
1.2k
SHARES
विद्यालय कर्मचारी परिषद्ले गर्‍यो यस्तो निर्णय

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको सातै प्रदेशका अध्यक्षहरूसँग बुधबार भएको भर्चुअल बैठकले आगामी कात्तिक मसान्तभित्र जिल्ला र स्थानीय भेला सम्पन्न गर्ने निर्णय गरेको छ। दुई घण्टासम्म चलेको उक्त बैठकमा केही महत्वपूर्ण निर्णयहरूसमेत गरिएको छ।

बैठकले जिल्लास्तरमा भेला सम्पन्न गर्न नसकेका, समिति गठन नभएका वा राष्ट्रिय तथा प्रदेश समितिको निर्देशन पालना नगर्ने जिल्ला समितिहरूलाई भंग गरी, प्रदेश समितिको सिफारिसमा राष्ट्रिय समितिले नयाँ जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

त्यसैगरी, मंसिर १२ र १३ गते काठमाडौँमा राष्ट्रिय परिषद् भेला सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ। राष्ट्रिय समितिले उक्त परिषद् भेलालाई ऐतिहासिक बनाउन सम्पूर्ण विद्यालय कर्मचारी, स्थानीय तहदेखि राष्ट्रिय समितिसम्मका पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।

शिक्षामन्त्रीलाई अध्यक्ष तिवारीले भने- विद्यालय कर्मचारी व्यवस्थापन गरेर मात्र कम्प्युटर शिक्षक नियुक्ति गरियोस्

विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् अघि जिल्ला परिषद् सम्पन्न गर्न आग्रह

प्रकाशित: १३ कार्तिक २०८२ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast