फाइल तस्बिर
काठमाडौँ- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।
मर्मतका लागि एकतर्फी बनाइएको सडक वर्षाका कारण आज बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनले बताए ।
प्रकाशित: १३ कार्तिक २०८२ ९:४३
प्रतिक्रिया



