बालुवाटारमा त्रिपक्षीय छलफल, बाहिर नाराबाजी

हिमाल प्रेस १२ कार्तिक २०८२ १७:४३
50
SHARES
बालुवाटारमा त्रिपक्षीय छलफल, बाहिर नाराबाजी

काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटार बाहिर जेनजी घाइतेहरूको एकीकृत समूह बताउने घाइते जेनजीले नाराबाजी गरिरहँदा भित्र सरकार, राजनीतिक दल र जेनजी समूहको त्रिपक्षीय छलफल जारी छ। घाइते जेनजीले बैठकमा आफूहरूको प्रतिनिधित्व नभएको बताएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा जारी छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जनाको सहभागिता रहेको छ। निर्वाचनको वातावरण बनाउन पहिलो पटक हुन लागेको यस प्रकारको महत्त्वपूर्ण छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा र शिक्षामन्त्री महावीर पुन छन्।

जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी केलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १३ जना सहभागी छन्। छलफलमा आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउने लगायतका विषय कार्यसूची रहेको छ।

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता प्रकाशरण महत, नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौला, युवा संघका अध्यक्ष क्षितिज थेवे, नेकपा माओवादी केन्द्रबाट नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षामान पुन र माधव सापकोटा सहभागी छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपभापति डा.स्वर्णीम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला र राजेन्द्र पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ सहभागी छन्।

जेनजीका तर्फबाट १३ जना प्रतिनिधि मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगाेल, अमित खनाल र राजन रानामगर छन्।

निर्वाचन सफल बनाउन सरकारले चरणबद्ध वार्ता र छलफल गर्दै आएको छ। यसअघि कात्तिक ४ प्रधानन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast