को को सहभागी हुँदैछन् प्रधानमन्त्रीले बोलाएको जेनजी र पार्टी बैठकमा?

हिमाल प्रेस १२ कार्तिक २०८२ १२:४९
66
SHARES
को को सहभागी हुँदैछन् प्रधानमन्त्रीले बोलाएको जेनजी र पार्टी बैठकमा? प्रधानमन्त्री सुशीला कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना र पार्टीहरूबाट १६ जना सहभागी हुने भएका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ। जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल उपस्थित हुनेछन्। बैठकमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल समेत सहभागी हुनेछन्।

जेनजीबाट १४ जना र विभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुनेछन्। जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा त्रिपक्षीय छलफल पहिलो पटक हुन लागेको हो। जेनजी र पार्टी नेताहरूको नाम भने सचिवालयले खुलाएको छैन।

प्रकाशित: १२ कार्तिक २०८२ १२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast