मानुषी, तोसिमा, रन्जु दर्शनाले गरे राजनीतिक निकासबारे विज्ञसँग विमर्श

हिमाल प्रेस १२ कार्तिक २०८२ १२:१४
72
SHARES
मानुषी, तोसिमा, रन्जु दर्शनाले गरे राजनीतिक निकासबारे विज्ञसँग विमर्श

काठमाडौँ- देशको राजनीतिक जटिलताबाट बाहिर निस्कने सम्भावित निकासका विषयमा बुधबार काठमाडौँमा एक अन्तरक्रियात्मक कार्यक्रम भएको छ।

‘अबको राजनीतिक निकासः विज्ञहरूसँग विचार, विमर्श, परामर्श’ शीर्षकमा आयोजित उक्त कार्यक्रम युवा नेतृहरू मानुषी यमि भट्टाई, तोसिमा कार्की र रन्जु दर्शनाको संयुक्त पहलमा आयोजना गरिएको हो। भट्टराई नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), कार्की राष्ट्रिय स्वतन्त्र पार्टी र दर्शना विवेकशील साझा पार्टीमा आबद्ध छन्।

कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, राजनीतिशास्त्री एवं विश्लेषक प्रा. कृष्ण खनाल, सम्पादक उमेश चौहानलगायत विभिन्न क्षेत्रका विज्ञ, युवा र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले देशमा राजनीतिक आस्था घट्दै गएको, दलगत स्वार्थले जनअपेक्षा पूरा गर्न नसकेको र नयाँ सोच र नेतृत्वको आवश्यकता बढ्दो रहेको धारणा राखे।

वक्ताहरूले युवा पुस्ताको सक्रियता, सहकार्य र निरन्तर संवादमार्फत मात्र देशलाई स्थायित्व र सकारात्मक परिवर्तनको दिशातर्फ लैजान सकिनेमा जोड दिए।

प्रकाशित: १२ कार्तिक २०८२ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast