मनाङमा भारी हिमपात, सेनाले उद्धार गर्‍यो १५ सय बढी स्थानीय र पर्यटक

हिमाल प्रेस १२ कार्तिक २०८२ १०:३१
8
SHARES
मनाङमा भारी हिमपात, सेनाले उद्धार गर्‍यो १५ सय बढी स्थानीय र पर्यटक

काठमाडौँ- मनाङको तिलिचो, खाङ्सार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रका विभिन्न भागमा सोमबारदेखि परेको भीषण हिमपातका कारण फसेका पर्यटक र स्थानीयबासीलाई नेपाली सेनाले उद्धार गरेको छ।

नेपाली सेनाले मनाङस्थित नयाँ भैरवी दल गुल्मबाट खटिएको उद्धार टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीयहरूको सहयोगमा करिब १५ सय बढी मानिसलाई सुरक्षित स्थानमा पुर्‍याइएको जनाएको छ। उद्धार गरिएकामध्ये २०० भन्दा बढी विदेशी पर्यटक पनि छन्।

हिमपातका कारण पैदल यात्री, पर्यटक र स्थानीयवासीहरू कठिनाइमा परेका थिए। सेनाको उद्धार टोलीले लगातारको प्रयासपछि सबैलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको जनाइएको छ।

प्रकाशित: १२ कार्तिक २०८२ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast