लोबुचेमा दुर्घटना भएको हेलिकप्टरका चालक खड्कालाई काठमाडौँ ल्याउने तयारी

हिमाल प्रेस १२ कार्तिक २०८२ ९:२७
42
SHARES
लोबुचेमा दुर्घटना भएको हेलिकप्टरका चालक खड्कालाई काठमाडौँ ल्याउने तयारी

काठमाडौँ- सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका घाइते चालकलाई काठमाडौँ ल्याउने तयारी थालिएको छ।

आज बिहान लोबुचेमा हेलिकप्टर दुर्घटना हुँदा चालक घाइते भएका थिए। चालक मात्र सवार हेलिकप्टर ल्यान्ड गर्ने क्रममा लोबुचेमा अनियन्त्रित बनेको थियो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरका अनुसार घाइते चालक विवेक खड्कालाई अहिले लुक्ला पुर्‍याइएको छ। अब उपचारका लागि काठमाडौँ ल्याउने तयारी भएको उनको भनाइ छ।

‘चालकलाई पनि बाहिर चोट खास छैन। तर चेकअपका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ।’ कुँवरले भने। हेलिकप्टरमा चालक मात्र सवार थिए। अहिले अवस्था सामान्य भइसकेको जनाइएको छ।

प्रकाशित: १२ कार्तिक २०८२ ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast