जेनजी आन्दोलनमा प्रहरीमाथि कुटपिटमा संलग्न दुई पक्राउ

हिमाल प्रेस ११ कार्तिक २०८२ १६:५०
10
SHARES
जेनजी आन्दोलनमा प्रहरीमाथि कुटपिटमा संलग्न दुई पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड तथा प्रहरीमाथि कुटपिटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ घर भई हाल काठमाडौँको सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तरगया गाउँपालिका-४ घर भई हाल काठमाडौँको मनोमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ रहेका उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

पक्राउ परेकाहरूले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुंगामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। आन्दोलनकारीको आक्रमणबाट महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान थापाको ज्यान गएको थियो।

प्रकाशित: ११ कार्तिक २०८२ १६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast