जापानमा भालुको आक्रमण : मृत्यु हुनेको संख्या १० पुग्यो

हिमाल प्रेस ११ कार्तिक २०८२ १४:२४
30
SHARES
जापानमा भालुको आक्रमण : मृत्यु हुनेको संख्या १० पुग्यो तस्बिरः एएफपी/योन्ह्याप

टोकियो (रासस/सिन्ह्वा)- जापानमा आर्थिक वर्ष सन् २०२५ मा भालुको आक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। पछिल्लो समयमा जापानमा भालुसँग सम्बन्धित घटनाहरूमा वृद्धि भएको वातावरण मन्त्रालयले जनाएको छ।

चालु आर्थिक वर्षमा अहिलेसम्म भालुको आक्रमणमा एक सय भन्दा बढी मानिसहरू परेका छन्। भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक वर्ष सन् २००६ बाट तथ्यांक राख्न सुरु गरिएकोमा सबै भन्दा बढी पछिल्लो वर्षमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो घटना गत शुक्रबार उत्तरपूर्वी जापानको अकिता प्रान्तको एउटा गाउँमा भालुले ३८ वर्षीय व्यक्तिलाई आक्रमण गरी मारेको थियो। अकिता प्रान्तमा बासिन्दाहरूलाई भालुको आक्रमणबाट मानिसहरूलाई जोगाउन सेनाको सहयोगको आह्वानसमेत गरिएको छ।

आक्रमणको अवस्था प्रान्तीय तथा स्थानीय सरकारले नियन्त्रण गर्न नसक्ने स्थितिमा पुगेको गभर्नर केन्टा सुजुकीले सामाजिक सञ्जाल मार्फत जनाएका छन्।

छिमेकी प्रान्त इवाटेमा अप्रिल देखि ३० जना भन्दा बढी मानिसहरु भालु आक्रमणमा परेको जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८२ १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast