राहत र संघीय अनुदान कोटामा शिक्षक माग

हिमाल प्रेस ११ कार्तिक २०८२ १३:०६
616
SHARES
राहत र संघीय अनुदान कोटामा शिक्षक माग

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक विद्यालयका लागि करार शिक्षक र कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशित गरेको छ। नगरस्तरीय करार शिक्षक छनोट समितिको २०८२ कात्तिक ११ गतेको निर्णयअनुसार योग्य नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरिएको हो।

नगरपालिकाले मावि तह (कक्षा ११ र १२) का लागि पशु विज्ञान विषयमा एक जना, मावि तह विज्ञान विषयमा एक जना र मावि तह तहकै लागि अंग्रेजी विषयमा एक जना शिक्षक आवश्यक रहेको जनाएको छ। ती मध्ये पशु विज्ञान विषयका शिक्षक संघीय अनुदानअन्तर्गत, विज्ञान विषयका शिक्षक राहत अनुदानअन्तर्गत र अंग्रेजी शिक्षक संघीय अनुदानअन्तर्गत रहने छन्।

शिक्षकका लागि मागिएको न्यूनतम शैक्षिक योग्यता पशु विज्ञान विषयमा स्नातकोत्तर वा सो सरह, विज्ञान विषयमा स्नातक वा सो सरह र अंग्रेजी विषयमा पनि सम्बन्धित तहअनुसार स्नातक वा सो सरह तोकिएको छ।

आवेदन दिन इच्छुक उम्मेदवारले कात्तिक २५ गतेसम्म चौतारा साँगाचोकगढी नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन बुझाउन सक्नेछन्। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षा लिखित र अन्तर्वार्ता गरी हुने जानकारी दिइएको छ। सफल उम्मेदवारलाई प्रचलित दरअनुसार तलबभत्ता प्रदान गरिनेछ भने आवेदन दस्तुर रु. १,५०० तोकिएको छ।

आवेदनका साथमा नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमति पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

यस्तो छ सूचना

प्रकाशित: ११ कार्तिक २०८२ १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast