काठमाडौँ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-१ स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर हिउँबाट ढाकिएको छ। आज परेको हिमपातका कारण सम्पूर्ण क्षेत्र हिउँबाट ढाकिएको हो।
हिमाली क्षेत्रको चिसो मौसमसँगै मन्दिर परिसर, बाटोघाटो र वरपरका घरहरूसमेत बाक्लो हिउँको तहले ढाकिएका छन्। यसले मुक्ति क्षेत्रलाई स्वर्गीय सौन्दर्य प्रदान गरे पनि त्यहाँ पुग्ने तीर्थयात्री र पर्यटकका लागि आवागमनमा कठिनाइ भएको छ।
हिउँका कारण बाटो चिप्लो बनेको र यातायात सुचारु गर्न समस्या आएको स्थानीयले बताएका छन्।


तस्बिर : रासस
प्रकाशित: ११ कार्तिक २०८२ ११:५५
प्रतिक्रिया



