रौतहट- तिहार र छठ पर्वको बिदा सम्पन्न भएसँगै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, खौराहा सलेमपुरले बुधबार (कात्तिक १२ गते) देखि विद्यालय नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
विद्यालय प्रशासनद्वारा जारी सूचनामा विद्यार्थी, अभिभावक र शिक्षकलाई विद्यालयमा समयमै उपस्थित भई अध्ययन अध्यापनलाई नयाँ उत्साहका साथ प्रारम्भ गर्न आग्रह गरिएको छ।
विद्यालयले पर्वपछिको नयाँ उमंग र सकारात्मक ऊर्जासहित शिक्षण अध्ययनको गुणस्तर उकास्ने लक्ष्य लिएको जनाएको छ। साथै, विद्यार्थीलाई विद्यालय पोसाकमा अध्ययन सामग्रीसहित उपस्थित हुन अनुरोध गरिएको छ।
मुलुकका कतिपय विद्यालयमा पठनपाठन सुरु भइसकेको छ।
प्रकाशित: ११ कार्तिक २०८२ ११:३६
प्रतिक्रिया



