अपराध र हिंसामा संलग्नलाई कडाइका साथ कारबाही गर्नुपर्छ : शंकर पोखरेल

हिमाल प्रेस ११ कार्तिक २०८२ ११:३३
14
SHARES
अपराध र हिंसामा संलग्नलाई कडाइका साथ कारबाही गर्नुपर्छ : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस महामन्त्री गगन थापाले गर्नुभएको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै अपराध र हिंसामा संलग्न सबैलाई कडाइका साथ कारबाही गर्नुपर्ने बताएका छन्।

गगन थापाले केही दिनअघि एक अन्तर्वार्तामा आफूले आफ्नो घर एमालेका कार्यकर्ता र अध्यक्ष केपी ओलीसँग समेत पहुँच भएकाले लुटपाट र आगजनी भएको दाबी गरेका थिए। उक्त अभिव्यक्तिपछि महासचिव पोखरेलले समाजमा फैलिएका आरोप–प्रत्यारोपबाट टाढा भई सत्य र न्यायको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।

पोखरेलले लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेका बताए। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौँ, देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।’

उनले राजनीतिक असहमति र आलोचना स्वीकार्य भए पनि काननविरुद्धका कुकर्मी गतिविधिलाई सह्य नहुने स्पष्ट पारे। संवैधानिक तथा कानुनी मर्मअनुसार घटनाको अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न उनले माग गरेका छन्।

यस्तो छ उहाँको टिप्पणी :
लुटपाट, आगजनी र विध्वंसमा संलग्न आपराधिक जत्थाको विरोध गर्न नसक्नेहरूले अहिले एमालेको नाम जोड्न थालेछन् !
राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्- सबैलाई कडा कारबाही गरौँ।
देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ।

प्रकाशित: ११ कार्तिक २०८२ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast