सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल

हिमाल प्रेस ११ कार्तिक २०८२ ८:२६
8
SHARES
सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखा परेका चुनौती र संकट समाधानका लागि सबै वामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवाद निर्माणको आधार तयार पार्न माओवादीसहितका वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अत्यावश्यक बनेको बताएका हुन्।

उनले भनेका छन्, ‘देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ। राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न वामपन्थीहरूले साझा आन्दोलनमार्फत अघि बढ्नुपर्छ।’

प्रचण्डले देशमा देखिएका जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखा परेका चुनौतीलाई ऐतिहासिक जिम्मेवारीका रूपमा सम्बोधन गर्न अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमी आवश्यक रहेको बताएका छन्।

उनले थपे, ‘म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन आह्वान गर्दछु।’

प्रकाशित: ११ कार्तिक २०८२ ८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast