इटहरीको बुढीगंगाघाटमा छठको रौनक (तस्बिरहरू)

विवेक विवश रेग्मी १० कार्तिक २०८२ १७:३४
18
SHARES
इटहरीको बुढीगंगाघाटमा छठको रौनक (तस्बिरहरू)

इटहरी- सूर्य उपासना र पवित्रताको प्रतीक छठ पर्व इटहरीमा उत्साहपूर्वक मनाएको छ। बुढीगंगाघाटको किनारमा श्रद्धालुहरूको भीड लागेको छ। रंगीन पोसाकमा सजिएका महिलाहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै जलमा उभिएर पूजा अर्चना गरे। फलफूल, प्रसाद र दीपले सजिएका घाटहरू आस्था र सौन्दर्यको संगम बनेका छन्।

इटहरीमा मधेशको संस्कृति र परम्परा फैलँदै गएको यो दृश्य विशेष बनेको छ। स्थानीय समुदायदेखि बाहिरबाट आएका श्रद्धालुहरूसम्मले भक्ति र उल्लासका साथ छठ मनाएका छन्। भजन, गीत र दीपमालासँगै बुढीघाटको किनार उज्यालो र भक्तिभावले भरिएको छ।

साँझमा रंगीन बत्तीको उज्यालोमा अस्ताउँदो सूर्यप्रति समर्पण व्यक्त गर्दै महिलाहरूले हात जोडे। बालबालिकादेखि वृद्धसम्मको सहभागिताले त्यो वातावरणलाई आध्यात्मिक बनायो। छठ पर्वले इटहरीमा धार्मिक सहअस्तित्व र सांस्कृतिक विविधताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।

तस्बिरहरू

प्रकाशित: १० कार्तिक २०८२ १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast