काठमाडौँ- लोकप्रिय आधुनिक गायक प्रमोद खरेलको स्वरमा ‘रहरसँगै बाध्यता’ बोलको गीत सार्वजनिक भएको छ। विशाल केसी शब्द रहेको गीतमा रमेश खड्काले संगीत भरेका छन्।
गीतले जीवनका रहर र बाध्यताको दोधारमा अड्किएको मानवीय मनोविज्ञानलाई भिडियोमार्फत देखाइएको छ। भिडियोमा कृष्ण भक्त महर्जन, विशाल केसी, परी शाक्य, शान्ता प्रजापति, क्रिस्टिना तम्राकार, सुनिल श्रेष्ठ, मनोज शाही, सुविन महर्जन र सुशील करञ्जितले अभिनय गरेका छन्।
संगीत भिडियोको निर्देशन राजेन्द्र डंगोलले गरेका छन् भने निर्माताको भूमिकामा सविना दाहाल केसी छिन्। भिडियो हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
यस्तो छ गीत
प्रकाशित: १० कार्तिक २०८२ १२:०३
प्रतिक्रिया



