काठमाडौँ- सुनको मूल्य घटेको छ। आज सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार थियो। आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित: १० कार्तिक २०८२ ११:१०
प्रतिक्रिया



