पर्वले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा बाँधेका छन् : खड्का

हिमाल प्रेस १० कार्तिक २०८२ ९:१९
4
SHARES
पर्वले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा बाँधेका छन् : खड्का

काठमाडौँ- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहाहुर खड्काले छठ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रुपमा स्थापित भएको बताएका छन्।

सोमबार छठ पर्वको शुभकामना दिनुहुँदै कार्यवाहक सभापति खड्काले यो पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो । यहाँ मनाइने विविध चायपर्वहरुले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन् । हाम्रा यस्ता पर्वहरुले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन स् राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पुर्याउने माध्यमका रुपमा समेत काम गरिरहेका छन्।’

प्रकाशित: १० कार्तिक २०८२ ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast